
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि दरखास्त दिने व्यक्तिको देहाय बमोजिम अयोग्यता नभएको हुनुपर्नेछ । १) ठूलो सवारीको निम्ति २१ वर्ष नपुगेको व्यक्ति । २) मझौला तथा साना सवारीको निम्ति १८ वर्ष नपुगेको । ३) मोटरर्साईकल तथा त्यस्तै अन्य सानो २ पांग्रे सवारीको हकमा १६ वर्षउमेर नपुगेको । ४) छारे रोग भएको वा बौलाएको वा एकाएक रिङ्गटा लाग्ने वा मुर्छा हुने किसिमको रोग भएको व्यक्ति । ५) आँखाको देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको व्यक्ति । ६) साधारण ध्वनी संकेत, आवाज सुन्न नसक्ने गरी बहिरो भएको व्यक्ति । ७) रातो, हरियो, पहेंलो इत्यादि रङ्गहरु तुरुन्त छुट्याउन नसक्ने (Colour Blind), दृष्टिदोष भएको व्यक्ति । ८) रतन्धो भएको व्यक्ति । ९) हात खुट्टा शक्तिहीन भै काम दिन नसक्ने भएको व्यक्ति । तर, अपाङ्गको निमित्त खास किसिमले बनेको सवारीको निमित्त यो खण्डको बन्देज लागू हुने छैन । १०) ठूलो र मझौला र्सार्वजनिक सवारीको लागि ६० वर्षउमेर पुरा भएको कुनै पनि व्यक्ति । ११) सानो सवारी चलाएको २ वर्षपुरा नभएसम्म मझौला र ठूलो सवारी चलाउन चालक अनुमतिपत्र दिईने छैन । १२) नेपाली भाषामा साधारण लेखपढ गर्न नजान्ने ।
यदि केही गरी आफ्नो सवारी चालक अनुमती पत्र हराएमा १) सवारी चालक अनुमतीपत्र र नागिरकताको फोटोकपीका साथ सम्बन्धित व्यक्ति आफै यातायात व्यवस्था कार्यालयको कम्प्युटर फाँट वा सवारी चालक अनुमती पत्र अभिलेख शाखामा सम्पर्क गर्ने ।